व्यक्तिको आयआर्जन कर पनि राज्यले विभिन्न तवरबाट संकलन गर्दै आएको छ। सोहीअनुरुप सरकारले पनि आर्थिक वर्ष २०७६–०७७ का लागि आयकरको दर निर्धारण गरिसकेको छ। निर्धारण भएको कर साउन १ गतेबाट मात्रै लागू हुनेछ। ‘आर्थिक विधेक २०७६’ मा व्यवस्था गरिएको आयकरका दर यस प्रकार छन्ः

अविवाहितको हकमा ‘वार्षिक’ लाग्ने आयकर

-४ लाख रुपैयाँसम्म १ प्रतिशतको दरमा ४ हजार रुपैयाँ ।

– ४ लाखदेखि ५ लाख रुपैयाँसम्मको हकमा १० प्रतिशतको दरमा थप १ लाखको १० हजार गरी १४ हजार रुपैयाँ।

-५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्मको हकमा २० प्रतिशतका दरले थप ४० हजार गरी ५४ हजार रुपैयाँ।

-७ लाख २० हजार रुपैयाँसम्मको हकमा ३० प्रतिशतको दरले थप ३ लाख ९० हजार गरी ४ लाख ४४ हजार रुपैयाँ।

-२० लाखभन्दा बढी आम्दानीको हकमा भने ७ लाखदेखि २० हजार रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्दै जानुपर्छ। यसको अर्थ २१ लाख आम्दानी हुनेले ४ लाख ८० हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ।
 

यस्तो छ विवाहितको हकमा करको दर 

-४ लाख ५० हजार रुपैयाँसम्ममा १ प्रतिशतका दरले ४ हजार ५ सय रुपैयाँ । 

-४ लाख ५० हजारदेखि ५ लाख ५० हजार रुपैयाँसम्म थप १० प्रतिशतका दरले १० हजार गरी १४ हजार ५ सय रुपैयाँ।

-५ लाख ५० हजारदेखि ७ लाख ५० हजार रुपैयाँसम्मको हकमा थप २० प्रतिशतका दरले ४० हजार गरी ५४ हजार ५ सय रुपैयाँ।

-७ लाख ५० हजारदेखि २० लाख रुपैयाँसम्ममा थप ३० प्रतिशतका दरले ३ लाख ७५ हजारसमेत गरी ४ लाख २९ हजार ५ सय रुपैयाँ।

-२० लाखभन्दा बढीको आम्दानीमा भने ७ लाख ५० हजारदेखि २० लाख रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्दै जानुपर्छ। यसको अर्थ २१ लाख ५० हजार रुपैयाँ आम्दानी हुनेले ४ लाख ६५ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने हुन्छ।

प्यान अनिवार्य हुन्छ 

सरकारले साउनदेखि कुनैपनि कम्पनी तथा फार्म तथा निकायले स्थायी लेखा नम्बर ‘प्यान’ बिना तलब दिन रोक लगाउने भएको छ। तलब दिँदा प्यान नभएका कर्मचारीलाई खर्च कट्टी गर्न नपाउने आर्थिक विधेयकमा उल्लेख गरिएको छ।

कुनै पनि कम्पनी तथा फार्मले साउनदेखि सबै कर्मचारीलाई बैंक खातामार्फत तलब भुक्तानी गर्नुपर्छ। त्यसमा प्यान नम्बर उल्लेख हुनुपर्छ। यसै आर्थिक वर्षबाट सरकारले सरकारी र निजी क्षेत्रमा कार्यरत कर्मचारीका लागि प्यान अनिवार्य गरेको हो।

4 COMMENTS

  1. Hello there, just became aware of your blog through Google, and found that it’s really informative.
    I’m going to watch out for brussels. I will appreciate if
    you continue this in future. Lots of people will be benefited from your writing.
    Cheers!

  2. Today, I went to the beach front with my kids. I found a sea shell and gave it to my 4 year old daughter and said “You can hear the ocean if you put this to your ear.” She put the shell to
    her ear and screamed. There was a hermit crab inside
    and it pinched her ear. She never wants to
    go back! LoL I know this is entirely off topic
    but I had to tell someone!

  3. An impressive share! I have just forwarded this
    onto a colleague who had been doing a little homework on this.

    And he actually bought me lunch simply because I discovered
    it for him… lol. So let me reword this…. Thanks for the meal!!

    But yeah, thanks for spending the time to discuss this matter here on your web
    page.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here